गजल

m
गोधुँलिको साँझ भन्दा रातै मन पर्‍यो
सौन्दर्यको के कुरा गरु बातै मन पर्‍यो

कैले यता कैले उता सरि राख्ने मन
समाएर बाँधिराख्ने हातै मन पर्‍यो

नशालु छन नजर तिम्रो नशालु छ अधर्
बेहोशिमा ढलाई राख्ने मातै मन पर्‍यो

फूलीराख तिमी म हेरी रहुँला सधैं
यो "अधुरो" लाई तिम्रो साथै मन पर्‍यो

गजल

गजल

जिन्दगीको गह्रु भारी जसो तसो बोकियो
अफ्ठेरो रहेछन बाटोहरु जताततै ठोकियो

परिश्रमले आफ्नो भाग्य आँफै लेखु भन्थे
हातको रेखा उस्तै रह्यो दुखै फेरी रोपियो

दुइदिनको जिन्दगी यो जिउन कस्तो गाह्रो
दु:खहरु साथमा रहे सुख सबै पोखियो

अरु जस्तै मेरो पनि सुखसँग बाच्ने रहर
रहरहरु पुरा नभै पाइला यही रोकियो

गीत

गीत
आधा मायाँ धारानैमा आधा रह्यो गाउँमा
कती चढाउँ फुलपाती निस्ठुरिको नाउँमा

आफ्नै कारण दुखी भएँ मायाँ सबै बाँडी
साथ दिन्छु भन्नेहरु लागे अन्तै छाडि
स्वार्थी दुनियाँ हुन्छन पुरा गर्ने दाउमा
कती चढाउँ फुलपाती निस्ठुरिको नाउमा

मायाँगरी रुनु भन्दा नगरेकै जाती
भुल्न पनि उस्तै गाह्रो दुखी राख्छ छाती
आउँदै गर्छन् जादै गर्छन् टेक्छ त्यही घाउमा
कती चढाउ फुलपती निस्ठुरिको नाउमा

आधामायाँ धरानैमा...........
कती चढाउ फुलपाती .........

गजल

गजल

न निदाइ कटाइ दिउ आजको सिंगै रात
सुनाउनु छ तिमीलाई बर्षउ देखिको बात

तिमी यता म उता सम्झिएरै बित्यो
मन को कुरा मनै भित्र भयो खात

किन लजाउछ्योउ घुम्टो उघार्नलाई
मेरो पनि कापिरहेछ थर थरी हात

जनम जनम सगै बाँचु कामना छ यो
अजम्बरी रहोस् माया नछुटोस है साथ

गजल

गजल

फूल खोज्दै हिड्दा काँडाबीच पो परिन्छकि
सुख खोज्दै हिड्दा बाटैमा पो मरिन्छकी

चाहना सबको हुन्छ आकाशको तारा टिप्ने
बाटोहरु भिरालो छन बीच बाटै झरिन्छकी

प्रबासको बसाइ अनिश्चित छ जिन्दगी
लक्ष खोज्दै हिड्दा अन्तै सरिन्छकी

गजल

तिमीले छाडे पछी हरेक रात रुएर जिएँ मैले
सहनै नसके पछी अलिकता नशा पिएँ मैले

पिउँदा पिउदै नजानेर धेरै पीइएछ
बेहोशिमै तिमीलाई के के गाली दिएँ मैले

मेरा सपनाहरु तिमी सँगै लुट्पुटिएर गयो
रहेका पीडाहरु नशा सँगै घुलेर लिएँ मैले

फाट्यो, उध्रियो ,अधर्ने भो जिन्दगी
त्यही जिन्दगी जसो तसो फेरी सिए मैले

गजल

तिम्रै कल्पनामा दुनियाँ भूले मैले
पाउने आशमा सँगै सँगै डुले मैले

मनका बातहरु अझै बाँकी थियो
तिम्रै पर्खाइमा आज फूले मैले

सोच्दा सोच्दै कहाँ पुगेछु म
आफ्नै सम्झी दिल खुले मैले

सहनै नसक्ने चोट दिई गयौ
छट्पटाउदै नशामा जीवन घुले मैले

गजल

फर्की हेर्छौ किन छाडि गाको मान्छे
सडक सडक बरबराउदै आको मान्छे


सच्चा प्रेम गर्नु अपराध भयो आज
देख्यौ रमिता पागल भाको मान्छे


चोट सहनु कती गाह्रो हुदो रहेछ हेर
टुक्रिएकोमन नजोडीएर हरेस खाको मान्छे


न रह्यो अब बाँस, न बज्यो मुरली
आफैले मायाँ गरी धोका पाको मान्छे
फर्की हेर्छौ किन छाडि गाको मान्छे
सडक सडक बर्बराउदै आको मान्छे ।।।

बुइपा गाबिस

बुइपा गाबिस
आफ्नो गाउँ देखी आज टाढा रहनु पर्दा नमिठो लागि रहेछ । घरि घरि यही फोटो हेरेर अतित बल्झाउने शाहास गर्छु ।

दिक्तेल

दिक्तेल
आफ्नो जन्मभुमी हेरेर कहिल्यै थाक्दैन यो आँखा ।

गजल


नदीनाला नुनको भाउमा लगाइन्छ याँहा
ज्यु हजुरी गर्दै शिर पाउमा लागैन्छ याँहा ।


सच्चा देशभक्त पाइन्न यो देश मा
आफ्नै माटो दाउमा लगाइन्छ याँहा ।


आफ्नै माटोमा सुकुम्बासी भएको यो बेला
प्रशासनको लाठी त्यही घाउमा लगाइन्छ याँहा


गद्दार नेताहरु अकुत सम्पत्ति कमौदै शहर पसे
अझ देशबिकासको भाषन गाउमा लगाइन्छ याँहा

गजल


तिम्रो यादमा तड्पिएर बाँच्न सक्दिन म
रुवाएर मन झुटो हाँस्न पनि सक्दिन म

आशै आशमा हेर जिन्दगी चुही सक्यो
एकबारको जुनी त्यसै मास्न सक्दिन म

आउ सम्हाल सप्तरङ्गी फुलेका यि बैशहरु
कल्पिएर सधैं मनमा टाँस्न सक्दिन म

विश्वाशको डोरी टुट्ला साथहाम्रो छुट्ला
अनुनय बिनयमा फेरी गाँस्न सक्दिन म

गलल

वेठन पर्‍यो देश ,बिचैमा चेपिए पछी
जनताहरु खुम्चिए ,सिमा मिचिए पछी

वीर नेपालीको सन्तान हामी खै रगत तातेको
इतिहास् मेटिएला युबाहरु चिसिए पछी

सिमा रक्षाको लडाईं लड्नु हाम्रो कर्तब्य हो
नेताहरु चुपै छन बिस्तारबादी देखी हच्किए पछी

अती भयो आउ धार लगाउ खुकुरिको
थाहा पाउछन अरिङ्गाल झै नेपाली बिच्किए पछी

गजल

बाहिरी आवरणमा कती साधा हुन्छन नेताहरु
नकाव खोलेर हेरौ आधा हुन्छन नेताहरु

कुर्सी ताना तान गर्दा गर्दै देश डुबाइ सक्यो
झुटो बोलेर जनता ढाँट्ने ज्याधा हुन्छन नेताहरु

मिठा मिठा कुरा गर्नु ,कती जानेका हुन तिनले
चुनाव जिते पछी सधैं टाढा हुन्छन नेता हरु

अती भयो कुन खाल्टामा लगेर पुरौ यिनिहरुलाई
देश बिकासमा सधैं बाधा हुन्छन नेताहरु

गजल

गजल
----
दिल दुखाइ चोखो मायाँ सार्यौ किन
न मर्नु न बाँच्नु धोधारमा पार्यौ किन

विछोड्को रापमा जलेकै थिएँ,गलेकै थिएँ
अतित बल्झाएर फेरी मार्यौ किन

ढुङ्गा जस्तो तिम्रो मन कहिल्यै नपग्लिने
जलेको यो खरानी माथि आँशु झार्यौ किन ?

मलाई जितेर हिंडेकी तिमी ,जित्दै जानु पर्ने
अन्यासै बीचमा आज हार्यौ किन

हेर्ने मनै थिएन , त्यो जाली मुहार
मेरै सामु घुम्टो उघार्यौ किन ?

गजल

संकटमा पर्‍यो देश, दुश्मनले घेर्न लाग्यो लौ
देश थाम्छु भन्नेले ,रमित पो हेर्न लाग्यो लौ

प्रजातन्त्रको छुट अधिकार त माग्नै पर्‍यो नी
धोतीले कानुन छोपी ,भासै फेर्न लाग्यो लौ

पालै पालो देश लुटिदै छ ,हामी निरिह छौ
पहाडीयालाई लखेटेर तराइ बेर्न लाग्यो लौ

खुम्चिएर देश झन झन साँघुरो हुने भो
मिच्दै सिमाना, देशको नक्सै केर्न लाग्यो लौ
देश थाम्छु भन्नेले,रमित पो हेर्न लाग्यो लौ । । ।
Marquee Tag - http://ravindraadhuro.blogspot.com/

अहिले मलेसिया को समय

कथा -पत्रबाट शुरु भएको मित्रता

समय अपचिरित साथी प्रशान्त नमस्ते मेरो बिभिन्न सोखहरु मध्य पत्र मित्रता एक हो ति सोखहरुलाई पुरा गर्ने क्रममा हजुरको सुन्दर तस्बीर सहितको ठेगाना युबामन्च मार्फत पाएँ त्यसैले मित्रताको लागी यी हातहरु फैलाई रहेछु स्वीकार्नु होला उही अपरिचित साथी -सानु ------------------------संसारमा संचारको माध्यम कती रमाइलो छ बिभिन्न पत्रपत्रीका ,रेडियो ,टेलेभिजन ,टेलिफोन ,अनी ईन्टरनेटको माध्यम बाट नयाँ सूचना नयाँ सन्देश लिन सक्छौ दिन सक्छौ ,मित्रता गाँस्न सक्छौ ,तोड्न सक्छौ ,जोड्न सक्छौ यी माथि लेखिएको छोटो चिठि एक मित्रता गाँस्न चाहने अपरिचित केटी साथीको हो नयाँ ठाउँ ,नयाँ परिबेश र नयाँ साथीको बारेमा जान्न उत्सुक स्वोभाविक हो त्यसैले सहर्ष स्विकार्दै पत्रको प्रती उत्तर दिएँ पत्रहरु आदान प्रदान भए मनकोकुराहरु लेखियो ,सुख दु:खको अनुभुतीहरु पोखियो यसरी हाम्रो पत्र मित्रता पक्का भयो हाम्रो पढाईको स्तर एउटै ,उमेर उस्तै उनी गाउँमा पढ्थिन अनी म शहरमा हाम्रो टेस्ट परिक्षाको दुरी कम हुँदै आइरहेको थियो गाउँको बिधयालयमा राम्रो शिक्षकको अभाब,पाठ्य पुस्तकको अभाबको कारण पढाई कम्जोरी हुनु स्वभाविक हो तर उनको पढाई कस्तो थियो मलाई थाहा थिएन साथिको नाताले अंङ्रेजी,बिज्ञान,र गणितको गेस पेपर जम्मा गरेर हुलाक मार्फत पठाइ दिए समयमै पाएको जानकारी दिएकी थिइन जब एसएलसी सकियो पत्रहरु प्राय बन्द भयो बिहे गरेर घरजमपो गरिन कि ?क्याम्पस पढ्न शहरतिर पो झरिनकी ?यी प्रशनहरु भने पछी सम्म अनुत्तरित रही रह्यो अब हाम्रो मित्रता टुट्यो एउटा सम्झना र मधुरो बिम्ब बाहेक मनमा केही रहेन उनी आफ्नै दुनियाँमा म आफ्नै समय ईन्द्रावती जस्तै अबिरल बगिरह्यो म आइएको अन्तिम परिक्षा दिएर बसीरहेको थिएँ "यो सानु भन्ने छोरी मान्छेकोहो दुइ चोटि फोन गरिसक्यो यो न. मा फोन गर्छस रे " मन नलागी नलागी पापाले फोन नं. दिनुभयो शायद दुई चोटि फोन नगरेकी भए भुल्नु पो हुन्थ्योकी मैले मन मनै सोचे को होला यो सानु ?आफुले चिनेको सानुहरु सम्झें त्यस्तो फोन गर्नु पर्ने कारणहरु फेला पारिन कतै यो मन बाट ओझेल पेरिसकेको सानु त होइन ?मनमा शंका लाग्यो हतार हतार फोन डाइल गरें "हेल्लो त्यहाँ सानु हुनुहुन्छ होला ?प्रतीत्तरमा महिला आवाज "उहाँ त अफिस बाट आउनु भा छैन " फोन राखीदिएँ मनमा कोउतुहल्ता बढीरह्यो बेलुकी नौ बजे तिर उही नं. मा फोन गरें उही महिला आवाज मार्फत अफिसबाट नआइपुगेको जानकारी दिइन मनको कौतुहल्तालाई भङग गर्ने मनासयले सोधें "उहाँको घर कहाँ हो ?" ति महिलाले उल्टै प्रश्न गरिन "हजुर को बोल्नु भएको ?" म प्रशान्त ए तपाईं प्रशान्त हो ?" हजुर " ओ।। नमस्कार है मै हुँ सानु ,सरी ल मैले ढाँटे हेर्नुस्न यहाँ फटाहा केटाहरुले ब्लफ कल गरेर हैरान पार्छन तेसैले नचिनेको हरुलाई ढाँट्ने गरेको छु नरिसाउनुस् ल ?मा आफु नरिसाएको बरु पुरानो साथी भेटेकोमा खुशी भएको कुरा बेक्त गरें पापा नजिकै हुनुहुन्थ्यो धेरैकुरा गर्न उपयुक्त लागेन औपचारिकता पुरागर्दै फोन राखिदिएं तथापी मनमा कुरा गर्ने इच्छा चही तिब्र हुँदै गैरहेको थियो भोली पल्ट त्यही समयमा फेरी फोन गरें उसैले फोन उठाइन आजत आफिसबाट चाँडै आइपुग्नु भए जस्तो छनी ?"हजुर आइसकें"भन्दै मिठो हाँसो हासिन हाम्रो हालखबरहरु आदान प्रदान भयो उनी एक संस्था बाट अनमिको तालिम लिदै रहेछिन भने यता पद्मकन्या क्याम्पसमा अध्यन पनि गर्दै रहेछिन काठ्मान्डौ भित्रिएको लामै समय भैसकेको थाहा भयो तर यतिका समय सम्म पनि एक कल फोन नगर्ने कस्तो निस्ठुरी !मनमनै सोचें तर सोध्न मन लागेन हामीले मित्रताको साईनो लगाएको पनि लामै समय भैसकेको थियो भेट घाट थिएन,उन्को पुरानो प्रतीबिम्ब मात्रा मानसपटलमा मधुरो हुँदै गैरहेको थियो आवाज पहिलो चोटि सुनें माधुर्य रहेछ ,बोलिमा रस कुराकानीकै क्रममा बधाई पनि दिइन मलाई र गाली पनि गरिन बधाई पाएँ यसकारण मैले घरजम गरी सकेको थिएँ ,गाली पाएँ यसकारण उनलाई थाहै नदिइ सुटुक्क बिहे गरेको हुनाले मैले बिहे गरेको थाहा पाइसकेकी रहेछिन सायद् यतिका बर्ष संपर्क बिहिन हुनुको कारण मैले अनुमान गरें पत्रमा एकचोटी लेखेकी थिइन प्रशान्त जि,पत्र मित्रताबाटै धेरैले घरजम गरिसकेका छन हजुरको के छ बिचार ?मित्रतामै सिमित रहने या...... तर म दुबैमा सहमत छु यी प्रश्न हरुलाई मैले ख्यालनै गरिन गम्भिर भएर सोच्दै सोचिन किनकी १६,१७ बर्षको कच्चा उमेर चेतनाको पूर्ण बिकास भईनसकेको हुदो रहेछ त्यसैले मैले पढें मात्र बुझिन,लाग्छ मसँग केही आश गरेकी रहेछिन तर म हरी लठ्ठक घुमाउरो पार बुझनी सकिन भनौ प्रेम वा विवाहाको बारेमा सोचनै सकिन "सानु ,हामी भेट्ने होइन ?'प्रत्यक्ष भेट गर्ने उत्सुक्ता जाहेर गरें 'भै हाल्छ नि भेटौ नत भन्नुस् कहिले ?'दुबै जनाको सहमतिमा बिहानको 10.00 बजे बिश्वोज्योती हलको मूल गेट मै भेट् हुने यदि १५ मिनेट सम्ममा जो कोही नआए बाटो तताउने सहमती साथ फोन राखिदिएँ राती अबेर सम्म निन्द्रा लागेन खुशीले या लाजले ,बिहान भेट्न जाने समय अनुसार कोठाबाट बाहिरिएँ ,उनी म भन्दा अगाडिनै आई पुगेकी रहेछिन तर ठीक बिश्वज्योती हलको मुलगेट्मा नभएर छेवैमा रहेको आकाशे पुलमाथिबाट गेट तिर हेरिरहेकी देखें नीलो बुट्टेदार कुर्ता सलवार माथि कालोकोट लगाएकी मैले टाढैबाट अनुमान गरें उही हुनुपर्छ सानु किनकी हालचलै नगरि मुर्तीबत रुपमा एकोहोरो हेरी रहेकी थिइन मैले पुल मुनी मोटरसाइकल रोकें अनी उनी भएतिर मोडिएँ मलाईनै हेरिरहेकी रहेछिन ,म हाँसे उनी पनि हाँसिन कारण उनी हामीले भनेको ठाउँमा नभएर पुल माथि थिइन मैले टाउकोको ईशाराले आफुभएतिर बोलाएँ उनी फटाफट ओर्लिन केहीक्षणको अभिबादन पश्चात हामी कुनै एकान्तस्थलको खोजिमा जावलाखेलको चिडियाघरतिर हुइकियौ बर्षउ पछिको हाम्रो भेट सार्है रमाइलो लाग्यो प्रत्यक्षे भेटले मधुरो हुँदै गएको उनको प्रतिबिम्ब बिस्तारै गाडा हुँदैगयो सानु सुन्दर रहेछिन अनी स्मार्ट पनि बोल्दा सधैं मुस्कुराइ रहने ' काठमान्डौ भित्रिएको यती लामो समय भइसकेछ किन एक कल फोन फर्नु पनि यती धेरै कन्जुस गर्नु भयो ?'मैले कुराको सुरवात गरें "शुरु शुरुमा म अलि लाटी थिएं त्यसैले लाज लागेर !" सोचें गाउँ घर र शहर बीच यही त भिन्नता छ शहर पसे पछी उनले धेरै कुरा सिकिन ,आफ्नै खुट्टामा उभिन सक्षम भैसकेकि थिइन गाउँ घरमै रहेकी भए कि बिहे गरेर घरजम गरी सक्थिन या घाँस दाउरा गरेर समय गुजार्थिन मैले मन मनै सोचें 'चिठी लेख्न चाँही किन बन्द गर्नु भयो ?'कुनै परिक्षामा अन्तर्वाता लिए जस्तै भट्टा भट प्रश्न गर्दै गएँ "मैले होइन हजुरले " चिट्ठी बन्द हुनुको कारण मलाई देखाइन मैले भूली सकेँ कस्ले हो बन्द गरेको उनको हेरै लजालु,मुस्कान फूल जस्तो,बोलिमा रस आफुलाई चाँडै विवाह गरेकोमा भित्र भित्रै पश्चाताप लाग्यो मनले मनलाई थुम थुमाएँ हामी सच्चा साथी त बन्न सक्छौंनी मैले चाँडै विवाह गरेकोमा उनलाई पनि कता कता मन असजिलो भएजस्तो उनको बोलिमा झल्कियो "प्रशान्त तपाईंले जित्नु भयो मैले हारें "कसरी ?बिहे गर्नु भयो,घरजम बसाउनु भयो" "तपाइँको पनि बेला भयो सुर सार गरे हुन्छनी, अनी हामी दुबै बराबरी हुन्छौं बोल्न सजिलो हुन्छ काम गर्न गाह्रो त्यसैले मैले पनि सजिलै बाटो पक्रिएँ "तर मैले बिहे नगर्ने किनकी बिहे नगरे पनि एकल जीवन जिउँन सकिन्छ भन्ने उदाहरण देखी सकेकी छु "उनको घुर्की म माथि सबै खन्याइ दिए जस्तो लाग्यो "त्यसो नभन्नुस् बरु तपाँईको रोजाइको आफ्नो मान्छेको बारेमा केही सुन्न मन आत्तुर भइरहेछ" प्रशान्त ! छैन अहिलेसम्म फेला पारेकी छैन" सायाद् मलाई ढाँटिन मनले शंका गर्‍यो यस्तै रमाइलो कुराहरु गरेर हामी त्यसदिन छुट्टीयौं त्यसदिन बाट हाम्रो पुरानो मित्रता पुन ब्यूझियो त्यसलाई बचाइ राख्न हामी दुबैले हर प्रयास गरिरह्यौं समय बित्न कती समय लाग्छ र यता आइए को रिजल्ट आयो हामी दुबै उतिर्ण भयौ ,हामी दुबै मानविकीको विध्यार्थी भएको कारण बिए एउटै क्याम्पस पढ्ने प्रस्ताब राखें तर उनी मानिन् उनी आफ्नै क्यामस पिके मा भर्ना भइन म आफ्नै आर आरमा पढाई चालु भयो हाम्रो भेट घाट पातलिदै गयो तर फोन मा भने बिहान् को चिया नास्ता देखी रातको सुत्ने समय सम्म सोध्ने बानी बसिसकेको थियो हामी एक आपसमा असाध्यै मिल्थ्यौ एक अर्कालाई मायाँ गर्थ्यौ तर हाम्रो सम्बन्धमा जवानीको रङ छैन केवल सच्चा मित्रता मात्रा सानुले एकदिन फोनमा भनिन "प्रशान्त,म केही दिनको लागि घर जाँदैछु घर बाट जरुरी खबर आएकोछ "ठिकैछ यो शहरको कोलाहाल र मोटरको धुवाँ बाट किही छुट्कारा मिल्छ उनी गाउँ गइन केही खल्लो अनुभब भयो केही हप्ता पछी यथास्थानमा फर्किन र फोन गरिन "प्रशान्त म बिहे गर्दैछु "बोली केही खच्किएको महसुस गरें मलाई पनि बिहेको कुरा सुन्ने साथ नमजा लाग्यो तर जबर्जस्ती ठिकैछ को उत्तर दिएँ लाग्छ मेरो लागि बिहे नगरिदिए पनि हुन्थ्यो उसै सित हाँसी रहन मन लाग्छ,बोली रहनु मन लाग्छ एउटा साथीको लागि सिङै जिन्दगी त बर्बात गर्न सक्दिन नी होइन उनले बिहे गरेकै राम्रो मनले मनलाई सम्झाएँ बिहेको मिती तय भइसकेको रहेछ उनी केही दिनपछी काठमान्डौ छाड्दैछिन नमजा लाग्नु त छँदै छ अझ हाम्रो मित्रताको अन्त्य हुन लागेको देखेर मनमा एककिसिमको प्रलय भयो सानुले काठमान्डौ छाड्ने अन्तिम दिन फोन गरिन "प्रशान्त म जादैछु समयले साथ दिए फेरी भेटौँला "मैले थाहा पाएँ उनी त्याहाँ भन्दा बढी बोल्न सक्दिनन किनकी स्वोर अबरुद्द भइसकेको थियो उनी रोइ रहेकी थीइन "ठिकै छ जाउ अब नयाँ संसार निर्माण गर्नु छ नयाँ जिन्दगी सुरुवात गर्नु छ छोरी मान्छेको जातै त्यस्तो जन्म घर छाडेर कर्म घर जानै पर्छ नरोइ नरोइ जाउ है ? म पनि त्यहाँ भन्दा बढी बोल्न सकिन किनकी उनकै जस्तो हालत मेरो पनि भइसकेको थियो सुँक सुँक आवाज आयो मैले फोन राखी 'चिठी लेख्न चाँही किन बन्द गर्नु भयो ?'कुनै परिक्षामा अन्तर्वाता लिए जस्तै भट्टा भट प्रश्न गर्दै गएँ "मैले होइन हजुरले " चिट्ठी बन्द हुनुको कारण मलाई देखाइन मैले भूली सकेँ कस्ले हो बन्द गरेको उनको हेरै लजालु,मुस्कान फूल जस्तो,बोलिमा रस आफुलाई चाँडै विवाह गरेकोमा भित्र भित्रै पश्चाताप लाग्यो मनले मनलाई थुम थुमाएँ हामी सच्चा साथी त बन्न सक्छौंनी मैले चाँडै विवाह गरेकोमा उनलाई पनि कता कता मन असजिलो भएजस्तो उनको बोलिमा झल्कियो "प्रशान्त तपाईंले जित्नु भयो मैले हारें "कसरी ?बिहे गर्नु भयो,घरजम बसाउनु भयो" "तपाइँको पनि बेला भयो सुर सार गरे हुन्छनी, अनी हामी दुबै बराबरी हुन्छौं बोल्न सजिलो हुन्छ काम गर्न गाह्रो त्यसैले मैले पनि सजिलै बाटो पक्रिएँ "तर मैले बिहे नगर्ने किनकी बिहे नगरे पनि एकल जीवन जिउँन सकिन्छ भन्ने उदाहरण देखी सकेकी छु "उनको घुर्की म माथि सबै खन्याइ दिए जस्तो लाग्यो "त्यसो नभन्नुस् बरु तपाँईको रोजाइको आफ्नो मान्छेको बारेमा केही सुन्न मन आत्तुर भइरहेछ" प्रशान्त ! छैन अहिलेसम्म फेला पारेकी छैन" सायाद् मलाई ढाँटिन मनले शंका गर्‍यो यस्तै रमाइलो कुराहरु गरेर हामी त्यसदिन छुट्टीयौं त्यसदिन बाट हाम्रो पुरानो मित्रता पुन ब्यूझियो त्यसलाई बचाइ राख्न हामी दुबैले हर प्रयास गरिरह्यौं समय बित्न कती समय लाग्छ र यता आइए को रिजल्ट आयो हामी दुबै उतिर्ण भयौ ,हामी दुबै मानविकीको विध्यार्थी भएको कारण बिए एउटै क्याम्पस पढ्ने प्रस्ताब राखें तर उनी मानिन् उनी आफ्नै क्यामस पिके मा भर्ना भइन म आफ्नै आर आरमा पढाई चालु भयो हाम्रो भेट घाट पातलिदै गयो तर फोन मा भने बिहान् को चिया नास्ता देखी रातको सुत्ने समय सम्म सोध्ने बानी बसिसकेको थियो हामी एक आपसमा असाध्यै मिल्थ्यौ एक अर्कालाई मायाँ गर्थ्यौ तर हाम्रो सम्बन्धमा जवानीको रङ छैन केवल सच्चा मित्रता मात्रा सानुले एकदिन फोनमा भनिन "प्रशान्त,म केही दिनको लागि घर जाँदैछु घर बाट जरुरी खबर आएकोछ "ठिकैछ यो शहरको कोलाहाल र मोटरको धुवाँ बाट किही छुट्कारा मिल्छ उनी गाउँ गइन केही खल्लो अनुभब भयो केही हप्ता पछी यथास्थानमा फर्किन र फोन गरिन "प्रशान्त म बिहे गर्दैछु "बोली केही खच्किएको महसुस गरें मलाई पनि बिहेको कुरा सुन्ने साथ नमजा लाग्यो तर जबर्जस्ती ठिकैछ को उत्तर दिएँ लाग्छ मेरो लागि बिहे नगरिदिए पनि हुन्थ्यो उसै सित हाँसी रहन मन लाग्छ,बोली रहनु मन लाग्छ एउटा साथीको लागि सिङै जिन्दगी त बर्बात गर्न सक्दिन नी होइन उनले बिहे गरेकै राम्रो मनले मनलाई सम्झाएँ बिहेको मिती तय भइसकेको रहेछ उनी केही दिनपछी काठमान्डौ छाड्दैछिन नमजा लाग्नु त छँदै छ अझ हाम्रो मित्रताको अन्त्य हुन लागेको देखेर मनमा एककिसिमको प्रलय भयो सानुले काठमान्डौ छाड्ने अन्तिम दिन फोन गरिन "प्रशान्त म जादैछु समयले साथ दिए फेरी भेटौँला "मैले थाहा पाएँ उनी त्याहाँ भन्दा बढी बोल्न सक्दिनन किनकी स्वोर अबरुद्द भइसकेको थियो उनी रोइ रहेकी थीइन "ठिकै छ जाउ अब नयाँ संसार निर्माण गर्नु छ नयाँ जिन्दगी सुरुवात गर्नु छ छोरी मान्छेको जातै त्यस्तो जन्म घर छाडेर कर्म घर जानै पर्छ नरोइ नरोइ जाउ है ? म पनि त्यहाँ भन्दा बढी बोल्न सकिन किनकी उनकै जस्तो हालत मेरो पनि भइसकेको थियो सुँक सुँक आवाज आयो मैले फोन राखी दिएँ (समाप्त )

यात्रा संस्मरण

मोनालिसाको तस्बिर झै हेरी रहुँलाग्ने पोखरा -----------------------------आज भन्दा दश बर्ष अघि पोखरा घुम्ने प्लान साथी प्रबिणसँग बनाएको थियौ तर त्यो समय मिल्यो दसैंको दिनमा पोखराको बारेमा बिभिन्न पत्र पत्रीकामा निस्किएको लिख ,निबन्ध ,कबिता र सुन्दर फोटोहरु हेरेर पोखराको सुन्दरता बारे बुझी सकेको थिए साथै पत्र मित्र साथीहरुले थापा जानकारीहरु दिनुभएको थियो "फेवातालको आँगनमा लै लै माछा पुछ्रे छायाँ "भन्ने गीत त सानै देखी सुन्दै आएको थिएँ फेवाताल र माछा पुछ्रे को बिम्ब हेर्न मनमा सधैं हुट हुटी भैरहेको थियो मेरो बिभिन्न सौखहरु मध्य सुन्दरस्थल हरु भ्रमण गर्नु र केही जानकारी लिनु पनि हो मिती त ठ्याक्कै याद भएन तर दशैको टिकाको दिन हो हामी पोखारा जाने तयारीमा जुट्यौ तर पानी झम झम परिरहेको थियो हाम्रो लक्ष्य बिपरित प्रकृतिले च्यलेन्ज गरे जस्तो लाग्यो कि नजाउ जस्तो जस्तो पनि भएकै हो तर साथी प्रबिण (जयमन ) जसरी भएपनी जानेनै मुडमा घरबाट बाहिरिएको थियो उस्को मन दु:खाउन म कदापी चाहन्न थिएँ ,फेरी महिनौ अघि देखिको योजना त्यसैले जानेनै निर्णय भयो नातामा उ मेरो भान्जा पनि हो तेसैले मेरो आँमा बाबाले टिका लगाइदिएर भरपुर आशिर्बाद दिनु भयो टिका लगाइ सकेर खाना खाइ हामी बाटो लाग्ने तयारीमा जुट्यौ अबिरल मुसल धारे पानी परिरहेको थियो ,मैले रेन्कोट्को ब्याबस्था गरें हामी त्यस्तै पानी मा ठीक एक बजे काठमान्डौ लाजिम्पाटबाट मोटरसाइकल्मा हुइकियौ कलङ्की पुगेर फुलट्याङ्की पेट्रोल भरयौ हामी मिठो मिठो गफ गर्दै सुन्दर पोखरा चुम्ने उत्कट चाहाना पुरा हुने देखेर पुलकित हुँदै बेग बेग सँग हुइकियौ हामी दुबै जना पहिलो चोटि पोखरा हिडिरहेका थियौ त्यसैले कतै कतै बाटो सोध्नु बाध्यता थियो हामी मुग्लिन पुगेर रोकियौ त्यहाँ केही क्षण आराम गरयौ दसैंको दिन निधारभरी टिका र कानभरी ,चुल्ठो भरी पहेँल्पुर जमरा सिहुरिएको मान्छेहरु ओहोर दोहोर गरीरहेका थिएचौबन्दी र फरियामा सजिएर थुन्सेभरी कोसेली बोकेर माइत मावोली हिंडेको दिदी बहिनी देख्दा मलाई आफ्नो गाँउको यादले एकक्षण भाबुक बनाई दियो मन तरल भइदियो थाहै नपाई आँशुले परेलीहरु भिजाइ दियो धेरैबेर सम्म गाँउ घरको मिठो याद आँखामा सल्बलाई रह्यो निकैबेर त्यो चहल पहल हेरी रह्यौ ,अर्को साल दसैं मान्न हामी पनि गाँउ जाने सल्लाहा गर्दै बाटो लाग्यौ बाटोको बीच बीचमा युबा युबतीहरु लिङ्गे पिङ्मा फुर्को छौंला झै गरी मच्चिरहेको द्रिश्यले हामी थापा रोमान्चित भयौ दिनभरी पानी परेको मौसम चिसो चिसो थियो जाँदा जाँदै गूधोलिले छोपी हाल्यो टाढाका द्रिस्यहरु आँखाले ठम्याउँन छाड्यो तर हामी लगातार हुइकिरहेका थियौ चिसो झन बढ्दै गयो हामीले अनुमान लगायौ कि हामी पोखरा अैसकेका छौ आगाडी झिलिमिली बजार देखियो गाडीहरु सल्बलाई रहेका थिए हामी पोखरा अैपुगे जस्तो लाग्यो त्यहाँ एउटा ठाडो बाटो रहेछ हामीले त्यसैलाई पछ्यायौ साँझ र टाढा टाढा बत्ती भएको कारण त्योबाटो एकतर्फी होकी दुई तर्फी थाहा भएन तर बिहान् हेर्दा वान वे रहेछ हाम्रो मोटर साइकल चिप्लेढुंङ्गामा पुगेर रोकियो त्यहाँ झरेर एउटा होटेलमा बासबस्ने कुरा भयो होटेल साहुनि दिदीले दसैंको दिनमा अैपुग्नु भयो भाइहरु रुमको तीनसय खानको प्रती ब्यक्ती ८० दिनुस न भन्नु भयो हामीले स्विकृतिको टाउको हल्लायौ मनमनै सोचे पोखरा साच्चिकै महँगो रहेछ मोटरसाइकल पार्ककिङ गर्ने ठाउँ पछाडि पट्टी रहेछ मैले मोटर्साइकल राखें नाम ठेगाना टिपाएर हजार रुपैया एड्भान्स बुझायौ अनी देखाइदिएको कोठातिर लाग्यौ होटेलको नाम भुली सकेछु बसाइ चिप्ले ढुङ्गानै हो नुहाएर गफगर्दागर्दै खाना तयार भएको सुचना आयो खाना खाएर पुन गफ गर्दै थियौ दिनभरीको थकान कतिखेर निदाएछौ पत्तै भएन बिहान सात बजे तिर ब्युझिएछु बाहिर हेरेको माछापुछ्रे नजिकै देखें मन खुशीले रोमान्चित भयो प्रबिण अझै बिस्तारामै थियो उन्लाई पनि बोलाएँ हामी होटेलको छत् मा गयौ र भाटा भाट फोटो खिच्यौ अनी अघाइन्जेल हेर्यौ बिहानको नास्ता खाएर हामी घुम्न निस्कियौ सोध्धै र खोज्दै बराहा मन्दिर ,पातले छाङ्गा ,बिन्दा बसिनी ,महेन्द्र गूफा जता मनलाग्यो उतै उतै घुम्यौ हामीलाई मन परेको ठाउँ फेवाताल हो बीचमा बराहा मन्दिर दश दश रुपैया तिरेर दुङ्गामा गयौं तर त्यहाँको नियम राम्ररी नबुझ्दा फेरी दश दश रुपैया तिर्नु पर्‍यो माझिले चाडै फर्किनु भने पछी फटा फट् दर्शन गरेर फर्की हाल्यौ तथापी त्याँहा बस्ने हाम्रो धित मरेकै थिएन वारी अैसके पछी थाहा भयो त्याहाँ दिनभरी बसेर जुनै दुङ्गामा फर्किदापनी हुने रहेछ तर हामी जुनमा गयौ त्यसैमा फर्कियौ माछापुछ्रेको छाँया हेर्ने हाम्रो धित मरेकै थिएन तेसैले पुन पैसातिरेर फेरी गयौ फोटो मनपरी खिच्यौ माथी माछापुछ्रे आँगन फेवाताल फराकिलो रहेछ त्यस्को छाँया अघाइन्जेल हेरेर साँझमा कोठा फर्कियौ हामीले सुनेको र जानेको ठाउँहरु तिनै हुन तर घुम्ने ठाँउहरु धेरै रहेछन पछी मात्रा थक थक लाग्यो दुइ रातको बसाइ पछि बिहानको झिसमिस मै पोखरा छाड्यौ पोखरा साँच्चिकै सुन्दर रहेछ मोनालिसाको तस्बिरझै हेरिरहुँ जस्तो लाग्ने ,जसलाई जसरी परीभासा गरेपनी हुने काठ्मान्डौ फर्के पछि यस्तो कबिता लेखें -----------------------------
फेवातालको छातीभरी
माछापुछ्रे सेतै फूली रहेछ
म डिलैबाट नियालीरहेछु
सुन्दरताको बयान कसरी गरुँम
अप्सरा हुन या परी ?
सयपत्री हुन या गोदावोरी
उनलाई स्पर्श गर्न
उन्लाई चुम्न
देश बिदेशबाट
भमराहरु झुम्मी रहेछ
कर्मठ हातहरु
जिन्दगीको नाउ
खियाइ रहेछन
दुनियाँको खुशीहरु संगालेर
फेवा मुस्कुराइ रहेछ
गूधोलिमा खसेको जून
छङ् छङ् बग्ने
पातले छाँङ्गाको धुन
हेरिरहुँ लाग्छ
सुनिरहुँ लाग्छ
मोनालिसाको तस्बिर झै
जसरी परिभासा गरेपनी भो
मान्छेले सोचेको स्वोर्ग भन्दा
कम सुन्दर छैन त्यो

फेवाताल

फेवाताल
पर्यटक हरुको आँखाको नानी फेवाताल

Monday, 11 May 2009

\"छुत अछुत \"

U 13 को ryapid बस बाट केएल आउँदै थिय केपोङ जस्को मार्केट अगाडि बाट एक अफ्रिकन महिला बसमा उक्लिन उन्को साथमा केही गह्रुङो समान थियो बोरा भित्र प्याक गरिएको उक्त समान कुनै मेशिनको पार्ट पुर्जा जस्तो अनुमान लगाए मैले गह्रु पाराले उचालेर ढोका छेवैको सिट मुनी राखिन त्यहा दुइवटा सिट मध्य एउटा सिट खालिनै थियो अर्कोमा चाइनिज अधबैसे पुरुष बसिरहेको थियो ति महिला त्यही खाली सिट्मा बस्न के आटेकी थिइन त्यो पुरुष ले पछाडि बस्ने सङ्केत दियो मैले तत्काल के सोचे भने ति सभ्य भनाउदो पुरुषले छुवा छुत को ब्याभार गरिरहेको छ तर समान गह्रुगो भएको प्रस्ट्यौदै ती महिला त्यही सिट्मा थ्याच्छ बसीन सभ्यपुरुश् ले नाक खुम्च्यौदै झ्यालतिर अनुहार मोड्यो बस अगाडि बढन थाल्यो केही मिनेट पछी त्यो सभ्य पुरुष जुरुक्क उठ्यो र जबर्जस्ती त्यो सिट छाड्दै महिलाको टाउको माथि प्याच्च थुकिदियो र फाटाफट् गएर पछाडिको सिट्मा बस्यो ती महिला ले प्रतिकृया स्वोरुप गाली मात्रा गरिन \"त मर्ने बेलामा राम्रो सँग मर्दैनस र स्वोर्ग पनि जादैनस भगवानले हेरिरहेको छ \"उन्ले भगवानको नाम पुकारीन मन्मनै सोचे महिला हुनुको पिडा स्पस्टै देखियो यदी ती अबला नारिको ठाउमा कुनै पुरुष भैइदिएको भए त्यो सभ्य पुरुषले थप्पड खाने निस्चित थियो यी आँखैअगाडिको द्रिस्य बस भित्रका यात्राु हरुले रमित मानेर हेरिरहेका थिए कसैले प्रत्यक्ष प्रतिकृया जनाएनन बस आफ्नै गतिमा अगाडि बढीरह्यो मेरो मनमा ती महिला प्रती एक किसिम्को शाहआनुभुती त पलाएको हो तर म आफै पनि कम्जोरी भएको कारण केही गर्न र भन्न सकिन अन्तरराष्ट्रिय सान्धि सम्झोउताले जातिय भेद भाब र छुवा छुत हटाएपनी ब्यभारमा यो जीबितै रहेछ भन्नेलाग्यो आफ्नै मुलुक अफ्रिकी राष्ट्रहरुमा जातिय भेद भाब भोग्दै अैरहेको यी काला जाती हरुले बिदेशमा पनि भोग्नु पर्दाको अन्तर्पिडा नजिक बाट महसुश गरे मैले नेपालका दलित हरुलाई सम्झे मुलुकी एन मार्फत ४२ बर्ष भन्दा अघी अछुत प्रथा बन्द भएकोलाई मिक्ती दिबश भनेर मनाउन थालिय पनि आज सम्म मुलुकका अधिकाङ्स ठाउमा अछुत् को अछुत्तै छन मन् भरी यस्तै कुराहरु खेलिरह्यो बस बातुलिमा भन्ने ठाउमा रोकियो ती महिला ओर्लिन तर उन्को टाउकोमा बाधिराखेको पछ्येउरामा अझै पनि थुक टल्की रहेको थियो

(समाप्त )

No comments:

Post a Comment

हिङ्स्रक गिद्धहरु (कबिता)

हिङ्स्रक गिद्दहरु
----------
अबला नारिझै यो देश
पटक पटक
बलत्क्रित भै रहेकी छे
बिबश !
आफ्नै सन्तानको लागि
आफ्नै शरीर
बिछ्याइ रहेकी छे
भुगोलको एउटा कुनाको
परिद्रिस्य यो
यातना गृह झै लाग्छ
पटक पटक
अस्तित्वो लुछाइ रहेकी छे
गिद्धहरु
तछाड मछाड
अघी पछी गरी रहेछ
कुनै बिजय उत्सब जस्तो
खुशीयाली मनाउदै
लगातर लुछी रहेछ
हिङ्स्रक गिद्दहरु
प्रजातन्त्रको
फाईदा उठाइरहेको छन
प्रजातन्त्र त
एउटा बहाना मात्रा
अधिकारको नाम मा
टुक्रा टुक्रा पारे पनि भयो
जता बाट मन लाग्छ
तराइ पहाड
पूर्व पश्चिम
आगो सल्काए पनि भयो
ग्रिनेट ,सकेट
प्रेशर कुकर
जे पट्काए पनि भयो
प्रजातन्त्रले दिएको
अधिकार उपयोग गर्दै
देश कङ्काल बनाइ
लडाईं राखे पनि भयो

जिन्दगी (कबिता)

जिन्दगीलाई यात्राको रुपमा हेर्दा
छोटो लाग्छ
यो छोटो यात्रा भित्र
बिर्सनै नसकिने
उकालीहरु चढ्नु पर्छ
थर थर खुट्टा कमाउने
ओराली झर्नु पर्छ
बाटाहरु राम्रा नराम्रा दुबै छन
राम्रो बाटो आँफैले चिन्नु पर्छ
सरल र काठिन् दुबै हुन्छन
सरल र सहज् बाटो
आँफैले रोज्नु पर्छ
पुर्खाले बनाएको बाटो
सरल होला
आधुनिक बाटो नहुन सक्छ
mअग्रजले हिंडेको बाटो
राम्रो होला
बैज्ञानीक ढंगको नहुन सक्छ
त्यसैले हरेक बाटो हरुलाई
परिमार्जन गर्नु पर्छ
सरल र सहज् बनाउनु पर्छ
यात्री आँफै हो
आफ्नो खुट्टा
आँफैले टेकेर हिंड्नु पर्छ
जिन्दगी आफ्नै हो
आँफैले बोकेर हिंड्नु पर्छ

कबिता

एकोहोरो हेरिरहेछु
----------------
सपनाको झलमल तारा हरु
निस्पट अधेरिमा
बिलनो रात लाई चिर्दै
मलाई चिहाउने
प्रयास गरे जस्तो
नदेखेर !
नदेखेर पिल पिल रोए जस्तो
म त धर्ती हुँ
कुनै दिन मिलन हुने
आशमा
मोनालिशाको तस्बिर झै
एकोहोरो हेरी रहेछु
हेर्दा हेर्दै
हेर्ने धित नमरीनै
पर बाट आएको
एक हुल बाज जस्तो
बाधलुले झ्यापै छोपी दिन्छ
नदेखिएर पनि
देख्ने आसा मर्दैन
एकोहोरो हेरी रहन्छु
छाडिदैन
हेर्दा हेर्दै
भालेले बिहानिको
सन्केत गर्छ
सुस्त सुस्त पूर्व बाट
सुर्यको कलिलो प्रकाशले
स्पर्श गर्न थाल्छ
मेरो ध्यान तेतै मोडिन्छ
फिरी हुने रमाइलो
रात लाई सम्झदै
सारा ताराहरुलाई
आँखाको आयतन भरी
राख्ने मिठो कल्पना गर्दै
पर्खि रहेछु,हेरी रहेछु

कबिता

एकोहोरो हेरी रहेछु ------------
सपनाको झलमल तारा हरु
निस्पट अधेरिमा
बिलनो रात लाई चिर्दै
मलाई चिहाउने
प्रयास गरे जस्तो
नदेखेर !
नदेखेर पिल पिल
रोए जस्तो
म त धर्ती हुँ
कुनै दिन मिलन हुने
आशमा
मोनालिशाको तस्बिर झै
एकोहोरो हेरी रहेछु
हेर्दा हेर्दै
हेर्ने धित नमरीनै
पर बाट आएको
एक हुल बाज जस्तो
बाधलुले झ्यापै
छोपी दिन्छ
नदेखिएर पनि
देख्ने आसा मर्दैन
एकोहोरो हेरी रहन्छु

छाडिदैन
हेर्दा हेर्दै
भालेले बिहानिको
सन्केत गर्छ
सुस्त सुस्त
पूर्व बाट सुर्यको
कलिलो प्रकाशले
स्पर्श गर्न थाल्छ
मेरो ध्यान तेतै मोडिन्छ
फिरी हुने रमाइलो
रात लाई सम्झदै
सारा ताराहरुलाई
आँखाको आयतन भरी
राख्ने मिठो कल्पना गर्दै
पर्खि रहेछु,हेरी रहेछु

आतित्(संस्मरण )

अभागी म ------भुगोलले ठगिएको मेरो जन्मभूमि कर्मले ठगिएको म अभागी मान्छे,मन्छे भएर जिउन जिन्दगीमा ठुलो युद्द गर्नु पर्ने रहेछ संघर्सका ताता ज्वालाहरुमा जल्नु पर्ने रहेछ ,भट्टामा इँट खारिएजस्तै खारिनु पर्ने रहेछ संघर्सकै क्रममा युद्द जित्न र उज्यालो भबिश्य खोज्न बिक्रमको ४०,४१ सालतिर काठमाण्डों छिरे काठ्मान्डोउ पस्ने र बस्ने बाटहरु मेरो बाबाले खोलिदिनु भएको थियो भनउ निर्माण गरिदिनु भएको थियो तेसैले सुरुसुरु आउन र गाउ फर्कनु मलाई ओुधी सजिलो भएको थियो बिधालयको वार्षिक बिदा गाउँमानै मनाउँथे र बर्षाको दिनको ठुलो चाड दसैंतिहार पनि गाउँमानै मनाउँथे शहरको दुर्घन्ध ,गाडीको धुवाँ ,हरन र मान्छेको कोलाहलले दिक्क भएको मेरो मस्तिस्क गाउँको स्वोच्छ बातावरणमा टुप्लुक्क पुग्दा स्वोर्गको अनुभब गर्थे म र कल्पना गर्थे स्वोर्ग यस्तै हुनु पर्छ,जहां श्वाश प्र्श्वास सजिलो हुन्छ र मस्तिस्क बारीको फल फूल जस्तै ताजा तर माथिनै भनी हाले भुगोलले ठगिएको मेरो जन्मभूमि मेरो गाँउ यसो भन्नुमा अन्याया हुनसक्छ ,तर भुगोलले ठगिएको झै लाग्छ त्यसैले यो मेरो बिचार हो निजी विचारमा कसैको सहमति हुनु पर्छ भन्ने मलाई लाग्दैन यसरी म कहिले शहरको झिलिमिली चिम र मर्करीमा झुम्मिन्थे त कहिले गाउको मधुरो टुकी र दियालोको प्रकाशमा आनन्दित हुन्थें दसैंतिहार मनाएर फेरी काठमन्डोउ फर्कने तरखरमा थिए गाउँ जानलाई जती मन हलुका हुन्छ शहर फर्कनलाई त्यतिनै गह्रुगो ,तर हिंड्नै पर्ने ,घर छाड्नै पर्ने घर छाड्ने दिन साह्रै नरमाइलो लाग्छ ,मन नमिठो हुन्छ म एउटा ओुपचारिकता पुरा गर्दै गाउँका साथीहरु सँग हात मिलाएर घर फर्कन्छु आफ्ना कपडा र चाहिने समानहरु झोलामा प्याक गर्छु बजु सँग केही दु:ख सुखका बात गर्छु बजुले भन्नुहुन्छ \"बाबु राम्ररी जा ,के गर्ने म बुढीलाई पर्खेर मात्रा पनि तेरो भबिश्य बन्दैन यदी मायाले थेग्ने भए किन छुटिनु पर्थ्यो ? त्यसैले जा मत डाडाँको जुन भैसकेको मान्छे आज होकी भोली कहिले काही चिट्ठी लेख्क्दै गर्नु ,बुढी बजु मरयोकी जिउदै छ भनेर फोन पनि गर्दै गर्नु \"बजुको कुरा सुनेर बजुकै अगाडि क्वाँ क्वाँ रुन मन नलागेको होइन तर गह भरी आँशु त भएकै हो बुढी मान्छेको आँखाले राम्ररी ठम्याउन सकेन म देखाउन पनि चाहन्नथें ठिकै भयो यसरी लामो समयको बातचित पछी म आफ्नो कोठातिर लम्कन्छु कोठामा हेर्छु भोली बाट फेरी यो कोठा खाली हुने भयो पाहुना हरु अैहाले एक्ररात सुतेर जालान नभए लामो समय खालिनै हुन्छ केके सम्झन्छु निन्द्रा पटक्कै लाग्दैन भोली झिस्मिस्मै घर छाड्नुपर्ने बाध्यताले मुटुमा भैरहन्छ लाग्थ्यो रात अझ लामो भैदियोस टाडा जान लागेकोत होइन ,उही उपत्यका खाल्डोमा त हो र १२ महिना त हो तर किन मलाई घर छाड्न सधैं गाह्रो हुन्छ ? म जस्तै अरु पनि घर छाडेर हिंडेका छन तर अरु रुएको देखेको छैन शायद उनिहरुको मन मेरो भन्दा कठोर हुन सक्छ म बनाउने प्र्यास गर्छु तर असफल हुन्छु कोल्टे फेर्दा फेर्दै भालेले बिहानिको सङ्केत दिन्छ बिस्ताराबाट उठ्नै मनलाग्दैन ,नउठेर पनि के गर्नु ?मन नलागी नलागी उठें बजुले खाना बनाइ सक्नु भएछ ,त्यो पनि खान पटक्कै मन छैन खान्न भनु भने बुढाबुढिको मन चित्त दु:खाउलान जबर्जस्ती एक दुई गाँस खाए क्रमश उज्यालो हुँदै गैरहेको थियो म हिंड्ने तयारी गरी रहेको थिए खै ?मेरो आँखामा आँशुको चाप अली बढीनै छकी केहो थाम्नै सकिन पिल पिल चुहिनु थाली हाल्यो बजुलाई \"बस्नुस् है म हिंडे \" भन्नु खोजेको हुँ तर बजु (कोकु) भन्दा अरु शब्द खस्दै खसेन बजुले (कोकुले) शायद रुएको अड्कल काट्नु भयोक्यारे \'नरोइ जा है नरोइ !त रोइस भने मलाई पनि रुन मन लाग्छ \'मेरो गला अबरुद्द भैसकेको थियो म गोडाहरुलाई जबर्जस्ती उठाउदै फटाफट घर बाट बाहिरिएँ घरमा एउटा कुकुर थियो वास्तवमा म घरमा हुँदा त्यस्लाई साथीनै सम्झन्थे हामी उफ्रने ,दोउडने ,जिस्कने गर्थ्यों मलाई अङालो मारेर म्वाइँ खान खोज्थ्यो म जहाँ जाँदापनी पछी पछी लाग्थ्यो वास्तवमा मेरो सहरानै थियो त्यस बिहान पनि घर छाडेको थाहा पाएछ सधाझै पछी पछी लाग्यो तर त्यस् दिन साथमा लान म असमर्थ थिए घर फर्काउन लाई हर प्रयास गरें ,ढुङा टिपेर हिर्काएँ तर पुछर हल्लाउदै निहुरन्छ मात्र पशु हो मान्छेको भाषा बुझ्दैन त्यसैले अझ हिर्काउन उचित ठानिनँ एयर्पोर्ट सम्म साथै ल्याएँ अब फेरी मलाई अर्को पिरले मुटुमा छुरा चलाऊन थाल्यो मत प्लेन चढेर गैहाल्छु ,यो पक्कै घर फर्कन सक्दैन अब के गरु कसो गरौ ?कसरी छाडौ ? पल्भर मेरो साथ छाडेको छैन साथैमा लैजाउ असम्भब ,त्यसैले त्यतै कतै अल्मल्यार जाने निर्णय गरें त्याहाँ होटेलवाला सँग खाना किनेर दिएँ उ फकाफक खान थाल्यो म मान्छेको हुल भित्र अलप भएँ शायद उस्ले मलाई निक्कै बेर खोज्यो होला भुलाएर बेपत्ता भएको मा रिसाएको पनि हुन सक्छ म एयर्पोट भित्र छिरिसकेको छु केही समयपछि म पनि प्लेन अैपुग्यो यात्राु हरु ओर्लिसकेपछी म पनि प्लेन भित्र पसें उस्ले गैंडेबार बाहिरबाट हेरी रहेको रहेछ म झ्याल बाट हेरीरहेको थिएँ केही समय पछी बारको सानो प्वालबाट ग्राउन्ड भित्र छिरयो र प्लेन भएतिर दोउडिदै थियो तर सुरक्षाकर्मिको टड्कारो आँखाले देखी हाल्यो उनिहरुले निर्ममतापुर्बक लाठिले पिड्दै बारबाट निकाल्यो त्यो नमिठो द्रिश्य प्लेन भित्र बाट चिहाइ रहेको थिए केही क्षणपछी प्लेनले बिस्तारै भुइ छाड्यो म रुमालले आँशु पुछ्दै सुक् सुकाइ रोइ रहें समाप्त ,,,,,,,,,,,

(कबिता )

आशु ---
आशु सिर्फ तिमी मेरी होउ
मेरो आँखा को शोभा होउ
सुन्दै कती सन्बेदनशील्
देख्दै कती माया लाग्दो
मायालु छ्यौ, भाबुक छ्यौ
तिमी सँग जोडीएर आउने
हासो मलाई पटक्कै मन पर्दैन
त्यसैले अचेल म
पूर्ण हासो हास्न छाडेको छु
कसैलाई रुवाएर हास्नु
निकम्मा लाग्छ
पूर्ण हासो त
गाउ बेशीमै छाडेर आएको छु
सोच्दै छु
तिम्रो अभाब मा
मेरो आँखा
पूर्ण सुख्खा हुन्छ
पूर्ण रित्तो हुन्छ
त्यसैले मलाई पुग्ने गरी
तिमीलाई आँखाको
भित्री सतहमा राखेको छु
हमेशा तिमी मलाई चाहिन्छ
म नजानेर अर्ध हासो हाँस्दा
सुस्त सुस्त परेली छिचोल्दै बग
मलाई आनन्द अनुभुत हुन्छ
म रोक्ने प्रयास कतै बाट गर्दिन
तिमी पुरानै बाटो हुँदै झर
म तल ओठ को चप्लेटीमा पर्खिउला
अनी फेरी मायाको नबिकरण गरुला
रविन्द्र राइ \"अधुरो\"

कबिता

नारी स्वोतन्त्रता र अधिकार
------------------हेनरी इब्सनको नोरा जस्तै
अलप भयोउ मेरो भुगोलबाट
नोरा बिद्रोह गरेर हिडिन
तिमी चालमारेर हिडेउ
कहाँ गयौ ?किन गयौ ?
गर्दिन म यी प्रश्नहरु
जाउ अर्कै ब्रम्हान्डमा
बसाउ सुखको अर्को बस्ती
सजाउ खुशीको अर्को संसार
नारी स्वोतत्रन्ताको
कुरा उठिरहेको बेला
आधा आकाशको माग
भैरहेको बेला
म तिमीलाई कहाँ छेक्न सक्छु ?
कहाँ घरैभित्र थुनेर
ढोका लाउन सक्छु ?
मैले मुल्य तिरेर किनेको
जिनिस होइनौ तिमी
कसरी मेरो हो भन्नु सक्छु ?
मेरो बंश चलाई दिने
मेशिन पनि होइनौ तिमी
र भोग्य बस्तु पनि
जाउ अर्कै ग्रह उपग्रहमा
स्वोतन्त्रताको पखेटा फिजाउदै
आधा आकाशको
हिस्सेदार होउ तिमी
लैजाउ चिरेर
तिमीले ओढेको आधा आकाश
लैजाउ तिमीले
टेकेको आध प्रीथ्बी
र लैजाउ पछेउरिमा
पोका पारेर
चल्मलाई रहेको आधा बादल
त्यहा तिमीले
समानता र स्वोतन्त्रताको
सग्लो प्रिथ्बी रच्नु पर्छ
अधिकार सम्पन्न
सुन्दर संसार निर्माण गर्नु पर्छ

खसमको सम्झना (कबिता )

कहिल्यै नदेखेको
कहिल्यै नचढेकोगाडी
मलेसिया आउँदा
गाडी पनी चढियो ,
जहाज पनि
साथी!
मलेसियामा चढ्नु पर्नेसाधनहरु
धेरै छन
रेल गाडी ,पानी जहाज
मोटर बोट,केबुल कार
के के हो के के ?
तर बुझेर मात्रा चढ्नु पर्छ
जता पायो उतै चढियोभने
आनन्द त आउला
तर यात्राको उचाइसम्म
पुग्न सकिदैन
केही बर्ष अगाडि
सुन्तलीको खसमसँग
यस्तै संम्बाद भएको थियो
समयले कती छिटोबुर्कुसी
मारीसकेछ
उ आज रक्सीकोभट्टिदेखी
डिस्कोहरुमा
बाक्लै देखिन्छ
के एफ सि र पिजाहट्मा
सायङसँग भेटिन्छ
सायाङ्को छ छ महिनामा
बर्थ डे मनाइन्छ
यस सुखद खुशीयालिमा
बहुमुल्य उपहार दियिन्छ
खसमलाई सुन्तली सम्झने
एक पल फुर्सद छैन
साह्रै बेफुर्सदी भएको छ
उगाउमा सुन्तलिको चोली फाट्यो ,
फरिया फाट्यो
खसमको सम्झनाबाहेक
सबै सबै फाट्यो
सुन्तली ,उदाङै पहिरनमा
चलाई रहेकी छे जिन्दगी
आधैपेट खाली राखेर
बचाइरहेकी छे जिन्दगी
र भोली आउने खुशीको
त्यान्द्रो सम्हालेर
बिताइरहेकी छे जिन्दगी

ब्लफ कल (सन्स्मरन)

tu u.... Tu..... फोनको घन्टी बज्यो ,बहिनिहरु नजिकै भएको कारण उनिहरुलेनै रिशिभ् गर्‍यो हेल्लो ।। ।। हेल्लो ।।।।।। !उताबाट कुनै आवाज आएन बहिनिहरु अली सानै थिए
उनिहरु दाइ दाइ भन्दै म भएको ठाउमा आए किन डराको केभयो? "भुत जस्तो छ बोल्दइ बोल्दइन सासले मात्रा हेल्लो भन्छ "तेसपछी मैले रिशिभर् समातेर हेल्लो ।।।।।।। भने उताबाट उही आवाज हिन सास्ले मात्रा हेल्लो भन्छ म पनि छक्क परे को होला राती राती मान्छेलाई सताउने ? मैले सोध्धै गए ,कोहो तपाईं ?चिनेकै पर्नु भयोकी ?किन त्यसरी सताउन लाग्नु भा ?तपाइ केटा होकी केटी होकी ?तरुनी होकी तन्नेरी होकी ?चाउरी परी सकेको बोढो होकी बुढी ?बोल्नुस्न को कहाँ बाट फोन गर्नु भएको ?मेरो हासो मिस्रित र आत्मियता प्रश्न ले बोल्न करैलाग्यो उताबाट नारी आवाज मा हेल्लो भनी फेरी उही प्रश्न दोहोरयाए को बोल्नु भएको कहाबाट ?कस्लाई खोज्नु भएको ?उनिले मधुरो स्वोर् मा भनी तपाईंलाइनै खोजेको कहाबाट नम्बर पाउनु भयो पसल बाट हो ? हाम्रो स्टेसनरी पसल भएको र साइन्बोर्ड मा नम्बर भएको कारण मैले शन्का बेक्त गरे शायद पसल्मै आउँदै जादै गर्ने कुनै चिनेको ग्राहक होला भन्ने अनुमान गरे मैले तर उनिले तपाईंलाई चिनेको छैन यो कुन ठाउँ पर्‍यो ?मैले नढाटी जवाब दिए "लाजिम्पाट "कसरी यो नम्बर पाउनु भयो मैले फेरी प्रश्न गरे जुन् पायो तेही नम्बर खिचेको तपाईंको मा परेछ यो ब्लफ कल हो मलाई उल्लु बनाउन खोज्दै छे यो केटीले भन्ने थाहा भयो तथापी उन्को मधुर स्वोर बोल्ने शैली र मिजासिलो पन ले म पुलकित भए तर उन्ले परिचय खुलाउन पटक्कै मानिन गैर्हिधारा बाट सम्म भनिन लाजिम्पाट र गैर्हिधारा १०,१५ मिनेटको मात्र फरक हो उन्ले मलाई ढाटे पनि पसल बाटइ नम्बर लगेको हो भन्नेमा म बिशोव्स्त भए उन्को बोली र स्वोर सुन्दा त्यस्तै १५,१६ बर्षकी होली म पनि आर आर क्याम्पस प्रदर्शनी मार्ग मा अै ए दोश्रो बर्षमा अध्यानरत थिए १०,१५ मिनेटकै बोलिमा उन्ले मेरो मन खिच्न सफल भइन मैले मन मनै गुने भोली पुन भेट्ने बच्चा गर्दै फोन राखी दीइन त्यस समयमा कलर अैडी नभएको कारण ब्लफ कल गनेको हरुको बिग बिगिनै थियो धम्क्याएर पैसा असुल्ने देखी कसैको छोरी बुहारीलाई असभ्य व्यबहार गरेर हैरान पारी रहेको समाचार हरु पत्र पत्रीकामा आउथ्यो ब्लफ कलर हरुलाई तेही रमाइलो थियो जे बोले पनि भयो जे भने पनि भयो ,तर आज त्यो समय रहेन टेबल फोन लाई हाते फोन ले बिस्थापित गरी सक्यो भोली पल्ट पनि त्यही समयमा फोन गरिन धेरै कुरा भयो तर उन्ले आफ्नो बारेमा सधैं ढाटिन घरैमा बस्छु मात्रा भनिन र आफ्नो नाम कहिल्यै बाताइनन् यो उन्को सजक्ता थियो तथापी कुनै बेला जोक सायरी भनेर मज्जाले हसाउथिन् ,गफ गर्नु सार्है सिपालु,एक् दिन गफै गफ मा भने "तिम्रो गफ र स्वोर सुन्दा तिमी साचिकै सुन्दर छोउ होला हयी ?भन्दा होइन होइन छैन भनेर टारिदिन्थिन फलामलाई म्यग्नेट्ले ताने सरी उन्को बोली ले मलाई दिन प्रती दिन तानी रह्यो एक दिन फकाउदा फकाउदा गरेर उन्को फोन नम्बर लिई छाडे त्यस् पछी मलाई उन्को फोन कुरिरहनु परेन आफुलाई जतिखेर फुर्सद हुन्छ तेतिनै खेर नम्बर थिची हाल्थ्ये"तिम्रो बोलिमा जादु छ मलाईत लठ्ठै पर्‍योउनी म के गरु ?तिमिलाई भेट्न र देख्न यो मन सार्है आतुर छ के समय दिन्छोउ ?मैले डर सरम सबै पछी राखेर सोधे तर उन्ले मानिनन् मेरो घर सम्म आउनु होला भनेर location बताइन् तेती बेला मेरो आर एक्स बाइक थियो तर बाइक को नाम र कलर ढाटेर छड्के नजर लाउदै अर्कै बाटो बाट गए उन्ले भनेको घर चाँही देखे तर मान्छे देखिन आँफै लाज्ले रातो पिरो हुँदै फर्केअब उनी सँग कुरा गर्नु एक् किसिम्को बानी परी सकेको थियो खुब मिठा मिठा कुरा हुन्थ्यो दिन मा एक कल फोन गर्नै पर्ने एक दिन उन्को दिदिले फोन रिशिभ् गरिन खास परिचय नभए पनि पि के क्याम्पस पढ्छिन भन्ने सम्म थाहा भयो सधैं फोन गर्ने भएको ले एक् दिन दिदिले साफि गाली गर्नु भयो ,काम छैन दिन् रात फोन गर्ने ?कस्ता कस्त मान्छे हरु हुन्छन भनेर तथानम गाली गर्नु भयो तेती खेर मैले पनि आफ्नो रिसलाई बसमा राखन सकिन गल्ती त मेरो थियोनै बेलान कुबेला अरुको घरमा फोन गरेर disturb गर्नत्यतिखेर म पत्रकारिताको student थिए प्रशिक्षार्ती पत्रकारको रुप मा समाचार साथै लेख हरु लेख्थ्ये म आफुलाई पत्रकार सम्झन्थे ममा घमन्ड थियो कसैले केही कुरा लुकाउन खोज्यो भने सुघेर हिड्थ्ये त्यस् दिन उन्को दिदिले मजाले झापारे पछी मैले पनि थर्काउदै भने "दिदी तपाईं को सँग कुरा गरिरहनु भएको छ थाहा छ ?"थाह छैन को हो मलाई उल्टै थर्काउने ?"म पत्रकार हो पत्रकार तपाईंकै बैनिले मलाई सुरुमा ब्लफ कल गरेको हो यदी मैले चाहे भने तपाईंको यो टेलिफोन नम्बर शहित को समाचार छापेर पत्रीका बजार भरी पुर्याइ दिन्छु तपाईंले के सोच्नु भएको छ मलाई ?मेरो बक बक सुनेर ते दिदीले आफ्नै बैनिलाई गाली गर्दै थियो मैले फोन राखी दिए त्यस पछी न मैले नै फोन गर्ने आट् गरे न उन्लेनै गरिन आज नेपाल मा जता ततै हाते फोनको प्रयोग भै रहेछ यदी त्यसबेला यस्तै प्रबिधी को बिकास भएको भए न दिदिलाई झर्को हुन्थ्यो न हामीलाई अफ्ठेरो ,आज १३,१४ बर्ष बिती सक्दा पनि ति अद्रिश्य मायालु परी र गाली गर्ने ति दिदिको याद आइरहन्छ -रबिन्द्र राइ "अधुरो " नेपाल सन्देश साप्ताहिक मलेसिया http://aa.mc639.mail.yahoo.com/mc/compose?to=rbndr_adhuro@yahoo.com
तपाईं free hit counter जना मा पर्नुभयो